अमेरिका लैजाने भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं । अमेरिकी दूतावासको कर्मचारीको परिचयपत्र देखाएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ९ घरभई काठमाडौंको थली बस्ने ४१ वर्षीय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो ।
खड्काले दीपक कार्की र विकास खड्काको नाममा अमेरिकी दूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगी गरेको पाईको छ । प्रहरीले पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो । खड्काले अहिले सम्म १० जना भन्दा बढी व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँ देखि ४ लाख रुपैयाँसम्म लिएको पाइएको छ ।