चैत १ गतेदेखि गैँडा गणना गरिने



चितवन । दुर्लभ एक सिङ्गे गैँडाको गणना यही चैत १ गतेदेखि शुरु गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट गणना शुरु गरिने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाको सम्पूर्ण तयारी अघि बढाइएको छ ।

फागुनको अन्तिम साता प्राविधिक कर्मचारीलाई तालीम दिएर गणना गर्न लागिएको हो । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा गैँडा गणना गरिने छ भने दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने श्रेष्ठले जानकारी दिनुभयो । नेपालका चारवटा निकुञ्जमा गैँडा रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणनाका लागि ३५ वटा हात्ती र ६० प्राविधिक जनशक्ति परिचालन गरिँदै छ । प्रत्यक्ष रुपमा गणना गरिँदै छ । बीस दिनमा गणना गरिसक्ने योजना छ । गणनाको शुभारम्भ चितवनबाट गर्न लागिएको हो । श्रेष्ठका अनुसार निकुञ्जलाई विभिन्न भागमा छुट्याएर गणना गरिँदै छ । शुभारम्भ कहाँबाट गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ । वनमन्त्री, सचिवलगायतका उच्च अधिकारीको उपस्थितिमा गणना शुभारम्भ गर्ने विभागको तयारी रहेको छ ।

विगतका वर्षमा दाताको भरमा गणना गरिने गरेको भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्दैछ । उनका अनुसार गैँडा गणनाका लागि विभागले एक करोड १० लाख ३५ हजार रकम बिनियोजन गरेको छ । बाढीले गैँडा बगाएपछि गत वर्षनै गैँडाको सङ्ख्या पत्ता लगाउन गणना गर्ने तयारी गरिएको भए पनि बजेट अभावमा गणना हुन सकेको थिएन । दाताको भर पर्दा समस्या हुनसक्ने भन्दै यस वर्ष सरकारलेनै बजेट विनियोजन गरेको थियो ।

हरेक पाँच÷पाँच वर्षमा गैँडा गणना गरिँदै आएको छ । यस अघि सन् २०१५ मा गैंडा गणना गरिएको थियो । त्यतिबेला ६४५ गैँडा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । जसमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना