ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारक पाइलट(प्रतिवेदनसहित)



काठमाडौँ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जाने गरी एक वर्षअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारक पाइलट रहेको छानबिन प्रतिवेदनले देखाएको छ । घटनाको छानबिन गर्न सरकारले पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा बनाएको आयोगले तयार पारेको प्रतिवेदनले पनि २७ वर्षीय पाइलट प्रभाकर केसीलाई मुख्य दोषी औंल्याएको हो ।

प्रतिवेदनले पाथीभराबाट फर्किंदा इन्जिन स्टार्ट गरेलगत्तै क्याप्टेनले उडाउनुलाई युफोरियाको प्रभावको कारण भनेको छ । हेलिकप्टरका पाइलट प्रभाकर केसी तालिमप्राप्त र सबै मापदण्ड पूरा गरेको प्रतिवदेनमा उल्लेख छ । तर पाइलटले सुरुमा एटीएस रिपोर्टिङ अफिसमा सुरुमा पाँचथर उडानका लागि अनुमति लिए पनि उडाउने बेलामा रेडियोमार्फत तेह्रथुम जान लागेको जानकारी दिएको प्रतिवेदनमा उल्लेख छ ।

पाइलट निकै हतार गरेर तेह्रथुमका लागि उडान भरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार पाइलटले अगाडिको सिटमा दुई जना यात्रु राख्दा उनीहरुको तौलको मापन राम्रोसँग नगर्दा गुरुत्वाकर्षणको केन्द्रको मूल्यांकन सही ढंगले गर्न नसकेको पनि देखिएको छ ।

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारक पाइलट(प्रतिवेदनसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना