चार करोड रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोगमा सडक विभागका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागका इन्जिनियर जितेन्द्रकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले चौधरीविरुद्ध ३ करोड ९९ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाएको हो ।

उनी डिभिजन सडक कार्यालय मोरङका प्रमुख थिए । चौधरीले भ्रष्टाचार गरेको सम्पत्ति लुकाउन सहयोग गरेका भन्दै श्रीमती किरण र छोरा अभिषेकलाई पनि मुद्दा दायर गरेको छ ।

डिभिजन सडक कार्यालय विराटनगर, मोरङका तत्कालीन डिभिजन प्रमुख (सि.डि.ई.) जितेन्द्र कुमार चौधरी उपर बिगो रु. ३,९९,४४,३४२।- कायम गरी गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।११।०५ गते ।
—————————————————
डिभिजन सडक कार्यालय विराटनगर, मोरङका तत्कालीन डिभिजन प्रमुख (सि.डि.ई.) जितेन्द्र कुमार चौधरीले सडक विभाग अन्तर्गत कार्यरत रहँदा पदीय मर्यादा विपरित सडकका बिभिन्न आयोजनाहरुमा बसी ठेकेदारहरुसँग मिलेर गैरकानूनी सम्पत्ति आर्जन गरी घर घडेरी बैंक समेतमा जम्मा गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निज (सि.डि.ई.) जितेन्द्र कुमार चौधरीले गैरकानूनी सम्पत्ति आर्जन गरी निज तथा निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियत भन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोरासमेतका नाममा दर्ता कायम रहने गरी घर जग्गा खरिद, छोरा छोरीको शैक्षिक खर्च लगायतका बिभिन्न शीर्षकहरुमा गरेका खर्चहरु र बिभिन्न बैंक खाताहरुमा रहेका मौज्दात समतेमा खर्च लगानी गरेको देखिंदा निजले रु. ३,९९,४४,३४२।– (तीन करोड उनान्सय लाख चौवालीस हजार तीन सय बयालीस रुपैयाँ) गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएकोले सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक जितेन्द्र कुमार चौधरीले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिम कसुर गरेकोले निजलाई बिगो रु. ३,९९,४४,३४२।– कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ र दफा २९ को उपदफा (२) को प्रतिबन्धात्मक बाक्यांश एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) अनुसार बिगो बमोजिम जरिवाना र कैद सजायसमेत हुन र निज जितेन्द्र कुमार चौधरीले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति तथा लगानी एवं घर निर्माण लागत लगायतका खर्चहरु साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको बिगो बराबरको एकाघर श्रीमती र छोरा एवं आफ्नै नाममा राखिएको सम्पत्तिबाट असुल उपर/जफत गरी पाउन र नपुग बिगोका हकमा प्रचलित कानून बमोजिम निज जितेन्द्र कुमार चौधरीबाट असुल उपर गरी जफत गरी पाउनसमेत मागदाबी लिइएको छ ।
निज जितेन्द्र कुमार चौधरीले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनीरुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु निजले आफू लगायत श्रीमती किरण चौधरी, छोरा अभिषेक चौधरी र छोरी स्मृति चौधरीको अध्ययनमा खर्च, घर जग्गा खरिद, घर निर्माण, बैंक खाताहरुमा रकम मौज्दात रहे भएको लगानी तथा खर्च गरेको पाइएकोले स्रोत पुष्टि हुन नसकेको सम्पत्ति तथा खर्च एवं लगानीको लागत मूल्य बिगो बराबरको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग. दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम बिगो जफत गर्ने प्रोजनार्थ मात्र श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरीसमेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन समेतको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जो आफूले श्रीमतीको हत्या गरेको भन्दै प्रहरीमा गए

काठमाडौँ । काठमाडौंका एक व्यक्ति श्रीमतीको हत्या गरी प्रहरीमा गएर आत्मसमर्पण गरेका छन्

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’

लताप (धादिङ) । साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका-२ तेम्बाह्यारा महभिरमा

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !

खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम