बजेटले जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न सक्दैनः अध्यक्ष लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावका बारेमा सोच्नुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिदै अध्यक्ष लिङ्देनले बजेट अनुदान र ऋणमा आधारित रहेको बताए । यस्तो बजेटले जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न नसक्ने उनले जिकिर गरे ।

अध्यक्ष लिङ्देनले विद्युतीय सवारीसाधनमा कर घटाउनुपर्ने भन्दै यसबारेमा बजेटमा सुधार गर्नुपर्ने स्थान रहेको बताए । उनले ठूला विद्युत् आयोजना बनाउने जिम्मा विदेशीलाई दिनुभन्दा स्वदेशी लगानीमा निर्माण गर्न सरकारलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले जुम्लाको अध्यक्षमा महत निर्वाचित

  जुम्ला ।  नेपाल कम्युनिष्ट पार्टी एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका

‘कोशीका मुख्यमन्त्री कार्कीले सदनले गरेको निर्णय नमान्ने भन्दै हिँड्ने भएको छ, विशेषाधिकार हननमा कारबाही हुन सक्छ’

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको

आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणाम

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन बुझाएको छ । बिहीबार

सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक