नक्कली शरणार्थी बन्न तयार हुनेलाई पनि कारबाही गर्नुपर्छः सांसद थापा



काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने जो कोहीमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत सांसद थापाले नक्कली शरणार्थी बनाउने र बन्न तयार हुने दुबैलाई कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ। साथै, नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ। नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन् । तिनको रकम जफत गर्नुपर्छ । अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनु पर्छ। खासमा व्यक्ति कसैको मुख नहेरी भन्नैपर्छ–गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू हुन्। यसमा निर्दोष कसैलाई फसाउनु हुँदैन र कोही पनि अपराधीले उन्मुक्ति पाउनु हुँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा देउवाको जोड

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका