लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षा गर्न आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले प्राप्त उपलब्धिको रक्षा गर्न यसअघि पनि आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको स्मरण गरे ।

प्रधानमन्त्री दाहालले जुन प्रकारले सङ्घर्ष गरेर देशमा सङ्घीयता र गणतन्त्र स्थापना गर्नुभयो त्यसको संरक्षण गर्न क्रियाशीलताका साथ लाग्नुहुन्छ भनेर विश्वासको मत दिने निर्णय गरिएको उनको भनाइ छ ।

“हाम्रो पार्टी देशमा स्थायित्वका पक्षमा छ, जनजताको हितको कुरा सोचौँ, गठबन्धनमा रहँदा आपसी असहमति होलान्, त्यसलाई बिर्सिएर सहमतिका साथ अगाडि बढौँ”, उनले भने ।

उनले पटक–पटक विश्वासको मत लिनु स्थिरताका लागि राम्रो कुरा नभएको भन्दै यस्तो परिस्थिति पटक–पटक नआओस् भनी कामना समेत गरे

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाममा मतान्तर बढाउँदै सुहाङ, सुहाङले १० कटाउँदा कांग्रेसको ७ हजार ६२

काठमाडौं । इलाममा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । पछिल्लो

इलाममा सुहाङको आठ हजार नाघ्दा घण्टीको १३ सय मत

फिक्कल (इलाम) । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा

इलाममा दुई हजार मतान्तरले सुहाङको अग्रता

इलाम । इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले दुई

बझाङमा कांग्रेस उम्मेदवार सिंह २ सय ४९ मतले अगाडि

चैनपुर (बझाङ) । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी