नेकपा एमालेले यसवर्ष चियापान नगर्ने



काठमाडौं । नेकपा एमालेले यसवर्ष पनि दसैँ, तिहार, नेपाल सम्बत् र छठपर्वको अवसरमा चियापान नगर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण एमालेले चियापान नगर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ्ले जानकारी दिए।

यसअघि नेपाली कांग्रेसले पनि यसपटक चियापान नगर्ने निर्णय गरिसकेको छ । एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री भएपछि एमालेले हरेक वर्ष चियापानको आयोजना गर्दै आइरहेको थियो ।

गतवर्ष पनि कोरोना भाइरसको कारणले एमालेले चियापान गरेको थिएन । कांग्रेसले २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालदेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाममा दुई हजार मतान्तरले सुहाङको अग्रता

इलाम । इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्बाङले दुई

बझाङमा कांग्रेस उम्मेदवार सिंह २ सय ४९ मतले अगाडि

चैनपुर (बझाङ) । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा मतगणना जारी

इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता, तेस्रो बन्न घण्टी र मुढाबीच प्रतिस्पर्धा

इलाम । इलाम– २ को उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ। हालसम्म फाकफोकथुम

बझाङ–१ मा एमालेको अग्रता कायमै

  चैनपुर (बझाङ) । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित