एकीकृत समाजवादीको चितवन जिल्ला अध्यक्षमा डा. पन्त चयन



चितवन । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा डा कृष्णराज पन्त चयन भएका छन् । शुक्रबार आयोजना गरिएको संयुक्त बैठक एवं कमिटी रुपान्तरण कार्यक्रममा पन्तको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा अरुणपीडित भण्डारी, कृष्णराज न्यौपाने, सचिवमा कुलप्रसाद लामिछाने, सहसचिवमा दिव्या शर्मा आचार्यलाई चयन गरेको हो । अन्य पदाधिकारी र सचिवालय सदस्य भने जिल्ला कमिटीको बैठकले निर्णय गर्ने छ ।

यस्तै कार्यक्रमले समाजवादीको भरतपुर महानगरपालिका कमिटीसमेत गठन गरेको छ । महानगर कमिटीको अध्यक्षमा विष्णुराज महतो, उपाध्यक्ष केशवराज पोख्रेल, सहसचिवमा शोभा पण्डितलाई चयन गरेको हो । महानगर समिति १६८ सदस्यिय रहने सो अवसरमा जानकारी दिइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य राजेन्द्र पाण्डेले निर्वाचन चुनाव चिह्नले जित्ने नभई जनताको मनले जित्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी