गैरसांसदको उपस्थित रह्यो भने संसद चल्द दिदैनौंः अध्यक्ष ओली



काठमाडौँ । नेकपा एमालेले संसद् अवरुद्ध गर्ने भएको छ । बुधबार बिहान संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो ।

एमाले फुटाउने षड्यन्त्रमा सभामुख नै लागेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बताएका छन् ।

उनले एमाले फुटाउने सभामुखले अध्यक्षता गर्ने हुनाले त्यहाँ पुग्ने स्थिति छैन । गैरसांसद उपस्थित भएर संसद् चल्न सक्दैन ।’ अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष रूपमा भूमिका नखेलेको पनि आरोप लगाए । सभामुख संसद्को नियमावलीविरोधी र संसदीय मूल्यमान्यता विरोधी रहेको भन्दै ओलीले आफूहरुले कारबाही गरेकाको लोगो सभामुखले नखोसेको भन्दै आपत्ति जनाए ।

उनले आफूहरूको शब्द मात्रै नभएर व्यवहार पनि कडा हुने बताए । उनले भने, ’आज गैरसांसदको उपस्थित रह्यो भने आज संसद् प्रारम्भै हुँदैन । शब्द कडा हैन हाम्रो व्यवहार पनि कडा हुँदै जान्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी