लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित



बुटवल । लुम्बिनी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ । आइतबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट)ल्याउने बाटो खुला भएको छ । विपक्षी दलहरुले लुम्बिनी प्रदेश सरकार अल्पमतमा रहेको भन्दै आएका भए पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै तत्कालका लागि त्यो विवाद अन्त्य भएको छ ।

प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । नीति तथा कार्यक्रम निर्णयार्थ बैठकमा पेस गर्नुअघि मुख्यमन्त्री शंकर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बझाङ–१ मा एमालेको अग्रता कायमै

  चैनपुर (बझाङ) । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित

इलाम–२ मा कांग्रेस उम्मेदवारकै अग्रता

  इलाम ।  इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ र ३

इलाममा कांग्रेसका खड्काको अग्रता रास्वपाका लिम्बू तेस्रोमा

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको अग्रता

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१