कांग्रेस संसदीय दलको बैठक बस्दै, विश्वासको मत विफल पार्न सांसदहरुलाई निर्देशन दिने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । आज दिउँसो २ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्न लागेको हो ।

सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिन बस्ने प्रतिनिधिसभाको बैठकका सन्दर्भमा रणनीति बनाउन बैठक बस्न लागेको हो । कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने यसअघि नै बताइसकेको छ । आजको संसदीय दलको बैठकले सोही निर्णयमाथि छलफल गरेर सांसदलाई सोही अनुसारको निर्देशन दिने बताइएको छ ।

बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले पछिल्लो राजनीतिक परिस्थितिबारे बिफ्रिङ गर्नेछन् । प्रधानमन्त्रीले विश्वासको मत लिन प्रतिनिधिसभाको बैठक बोलाएपछि कांग्रेस सभापति देउवा राजनीतिको केन्द्रमा देखिएका छन् ।

उनलाई भेट्न बुधबार प्रधानमन्त्री दलबलका साथ देउवा निवास पुगेका थिए । त्यसैगरी नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र देउवाबीच दैनिकजसो भेटवार्ता भइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

प्रचण्ड सरकारको पक्षमा रहेको देखाउन जसपाको उपेन्द्र र राई पक्षबीच तँछाडमछाड

काठमाडौँ । विभाजित दुबै जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने भएका

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको मागमा कांग्रेसको अडान कायमै

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन

रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन म आफैं उच्चस्तरको कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता