गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको मागमा कांग्रेसको अडान कायमै



काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको अडान यथावत राखेको छ ।

मंगलबार सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा कांग्रेसले आफ्नो अडान यथावत राखेको हो ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुले बैठकमा संसदीय छानबिन समितिको माग यथावत राखेको जानकारी दिए । उनले गृहमन्त्री एउटा व्यक्ति मात्रै नभएकाले अरुको छानबिन गर्ने गृहमन्त्रीको छानबिन नगर्ने भन्ने नहुने बताए ।

उनले भने, ‘गृहमन्त्रीको सहकारी ठगीमा संलग्नता देखिएको छ । हामीले संसदीय छानबिन समितिको माग गरेको छौं । हामीलाई विश्वास छ सरकारले समिति बनाउँछ । अब सदन चल्ने नचल्ने विषय सरकारको क्रियाकलापमा भरपर्छ ।’

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिनुपर्ने बताएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले एमाले अध्यक्ष ओलीले उहाँमाथि प्रश्न उठेपछि बोल्न पाउनुपर्ने बताएका थिए ।

ओलीको भनाइ उदृत गर्दै परियारले भने, ‘एमाले अध्यक्ष ओलीजीले गृहमन्त्रीलाई संसद्मा बोल्न दिनुपर्छ भन्नुभयो । उहाँमाथि प्रश्न उठेपछि त्यसबारे स्पष्ट पार्न दिनुपर्छ, यो न्यायाको सामान्य सिद्धान्त हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छानबिन समिति नबनेसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अगाडि बढ्न नदिने

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभएसम्म

गृहमन्त्रीलाई गगन थापाको सुझावः म प्रसूतिगृहमा जन्मिएको हो, त्यहाँबाट अनुसन्धान सुरु गरे पनि हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेलाई फाइल खोलौँ भनेर

जीबी राईले गरेको सारा फोहोर मैले सोहोर्नुपर्छ भन्ने छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सत्ताबाट बाहिरिएको पीडा लुकाउन

हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कहीँ कतै