अदालतलाई कुनै पनि पक्षले दवाव र प्रभावमा पार्न हुन्नः कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा अहिले देखापरेको संवैधानिक अस्पष्टता र विवाददको निराकरण सर्वोच्च अदालतले गर्ने बताएका छन् । गृह जिल्ला मकवानपुरमा रहेका थापाले जिल्ला अध्यक्षहरुसँगको भर्चुअल बैठकमा अदालतलाई कुनै पनि पक्षले दवाव र प्रभाव दिन नहुने बताए ।

अब सबै अट्ने राजनीतिक प्रणालीले मात्र मुलुकलाई जोगाउने जनाउँदै थापाले कसैलाई पनि निषेध गर्न नहुने बताए । राप्रपाको अबको बाटो संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशन केन्द्रित हुनुपर्ने तथा जनताको घरदैलामा जान ढिलो गर्न नहुने जनाउँदै थापाले योजनाबद्ध र प्रभावकारी ढंगले पार्टी एकताको भावनानुरुप जिल्लामा संगठन केन्द्रित हुन आग्रह गरे ।

बैठकमा सचिवालय प्रमुखद्वय ध्रुवबहादुर प्रधान र भाष्कर भद्राले पार्टी निर्णय र कार्यान्वयन, संगठन सुदृढीकरण तथा भावी कार्यक्रमका बारेमा आआफ्नो धारणा राखेका थिए । आजको बैठकमा ३० जिल्लाका अध्यक्षको सहभागिता रहेको र बाँकी जिल्ला अध्यक्षको बैठक केही दिनभित्रै गरिने सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ