हिन्दू राष्ट्रको धरातलमा मात्रै देश विकास सम्भव: कमल थापा



तनहुँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृति कमजोर बनाइएकाले समाजमा अनैतिक कार्यले प्रश्रय पाएको बताएका छन् । राप्रपा तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण समारोहमा अध्यक्ष थापाले धर्म संस्कृतिमाथि आक्रमण बढेकाले नैतिकताको धरातल कमजोर बनेको बताए । अध्यक्ष थापाले संसद् विघटनले संवैधानिक जटिलता सिर्जना भएको बताए ।

लोकतन्त्रको नाउँमा विगतमा दलहरुले गलत बीउको बीजारोपण गर्ने काम गरेको आरोप लगाउँदै थापाले नेपाली परिवेश सुहाउँदो प्रजातन्त्रको विकास गर्न आवश्यक रहेकोमा जोड दिए ।

कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा भएकाले सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको धरातलमा मात्रै देश विकास सम्भव रहेको थापाले बताए । “राप्रपाले सम्बद्र्धनवादको नीति अगाडि सारेको छ, प्राचीन मौलिक परम्परा, संस्कृतिको संरक्षण गर्दै नेपाललाई सबल र समुन्नत बनाउने पार्टीको लक्ष्य हो,” उनले भने ।

कार्यक्रममा राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं पूर्वमन्त्री दुर्गा श्रेष्ठले राप्रपा एकजुट भएकाले कार्यकर्ता पनि एकजुट भएर सङ्गठन निर्माणमा लाग्नुपर्नेमा जोड दिइन् । केन्द्रीय कार्यसम्पादन समिति सदस्य हेमजङ गुरुङले सनातन हिन्दू राष्ट्र कायम गराउनका लागि लाग्नुपर्ने बताए ।
को

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी