राजनीतिक ‘कू’ रोक्न प्रतिनिधिसभा विघटनः गृहमन्त्री थापा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक कू रोक्न प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन् । शनिबार काठमाडौंमा नेकपाको विशेष भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले संसद भित्र निम्तिन लागेको राजनीतिक कू लाई रोक्न प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका हुन् ।

उनले स्थिरताको संयन्त्रको रुपमा रहेको संसद आफ्नै पार्टीका केही साथीहरुको अडानका कारण अस्थिरताको संयन्त्रमा परिणत भएको बताए । उनले भने, ‘राजनीतिक कु लाई रोक्ने प्रतिगमनलाई रोक्ने यो एउटा ठूलो राजनीतिक कदम हो । अहिले एउटा बहस छ । यो बहस अदालतमा पुगेको छ । यो कदम उठाउनु संवैधानिक थियो की असंवैधानिक थियो । यो अग्रगामी कदम हो की यो प्रतिगामी कदम हो भन्ने कुरा अदालतले फैसला गर्छ तर यो अग्रगामी कदम हो ।’

उनले प्रधानमन्त्रीको कदमको पक्षमा अदालतले फैसला दिने विश्वास समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी