प्रदेश सभा सेवा समूह गठन गर्न पहल गरिने



काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा, राष्ट्रियसभा एवं प्रदेश सभाका सभामुख र उपसभामुखको भेलाले प्रदेश सभा सेवा समूह गठन गर्न पहल गर्ने निर्णय गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमादुई दिनसम्म चलेको अनुभव आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रमले प्रदेश सभाका लागि कर्मचारीको व्यवस्था गर्न छुट्टै सेवा सुविधासहितको कर्मचारी सेवा समूह गठन गर्न पहल गर्ने निर्णय गरेको हो । भेलाको ९ वुँदे निष्कर्षमा संघीय संसद र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाउन आफ्नो स्थानबाट थप रचनात्मक र प्रभावकारी भूमिका खेल्ने उल्लेख छ ।

त्यस्तै सभा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रम संघीय संसद र प्रदेशसभाबाटै तर्जुमा गरि बार्षिक बजेटमा सभावेश गर्ने व्यवस्था गर्न पहल गर्ने निष्कर्ष पनि निकालिएको छ ।

छलफलका सभापनि समारोहमा संघीय संसदका सभामुख अग्नी सापकोटाले संघले कानून बनाइसकेपछि प्रदेशले कानून बनाउनुपर्ने अवस्थामा संघबाटै कानून बन्न नसकेकाले समस्या देखिएको बताए ।

सापकोटाले कानुन निर्माणमा विधेयकलाई गुणस्तर बनाउने कुरामा आफूले कमी देखेका भन्दै विधेयकहरूमा सांसदहरुको इन्ट्रेस्ट मिसिने देखिएको पनि उल्लेख गरे । कानुन निर्माण प्रक्रियालाई जनमुखी र व्यावहारिक र संसद्लाई जनमुखी र जीवन्त बनाउनुपर्ने उनको भनाई छ ।

त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघ प्रदेश र स्थानीय तहमा रहेका पदाधकारीको भूमिका फरक फरक रहेको स्पष्ट हुन आग्रह गरे । उनले संघ र प्रदेशको कानून निर्माणका साथै कार्यसञ्चालन गर्न छलफल सकारात्मक भएको उल्लेख गरे ।

दुई दिने छलफलले संविधानमा उल्लेखित संघ , प्रदेश र स्थानीय तहका साझा अधिकारका बिषय र प्रदेश तथा स्थानीय तहको कानून निर्माणका लागि आवश्यक रहेका संघीय कानूनहरु निर्माण गर्न सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउने निष्कर्ष पनि निकालेको छ । कार्यक्रममा सङ्घीय संसद्का सभामुख, अध्यक्ष र उपाध्यक्षका साथै बिभिन्न प्रदेशका सभामुख र उपसभामुखको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्धक्क भएर नेपालमा लगानी गर्न ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि कानुनी सहजीकरण

गण्डकीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिट

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ: अर्थमन्त्री पुन

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरुपमा सफल भएको बताएका

जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका