सांगठनिक एकताका बाँकी कामलाई पूरा गर्ने प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय



काठमाडौँ ।  सत्तारुढ नेकपाले संवैधानिक निकायका रिक्त पदमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । नेकपाको मंगलबार बसेको सचिवालय बैठकले  संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको हो ।  पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको जानकारी दिए ।

उनले कुन पदमा कसलाई पठाउने भन्ने विषयमा भने बैठकमा छलफल नभएको बताए । यसअघि प्रधानमन्त्री र विपक्षी दलका नेताबीच संवैधानिक परिषद्को बैठक राखेर संवैधानिक निकायमा पदपूर्ति गर्ने सहमति भएको थियो । बैठकले सांगठनिक एकताका बाँकी कामलाई पूरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिएको छ ।

त्यसपछि सचिवालय बैठकमा छलफल हुनेछ । बैठकले यसअघि नै नेताहरुसँगको परामर्शमा मन्त्रिपरिषद् पुनगर्ठनको जिम्मा प्रधानमन्त्री ओलीलाई दिएको छ । यसैका आधारमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुनगर्ठनको तयारीमा समेत जुटेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बझाङ–१ मा एमालेको अग्रता कायमै

  चैनपुर (बझाङ) । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित

इलाम–२ मा कांग्रेस उम्मेदवारकै अग्रता

  इलाम ।  इलाम–२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिका–१, २ र ३

इलाममा कांग्रेसका खड्काको अग्रता रास्वपाका लिम्बू तेस्रोमा

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको अग्रता

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१