कांग्रेस सांसद छन्त्यालको निधन
काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्न सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य रहेकी छन्त्यालको ६६ वर्षको उमेरमा बुधवार बिहान गंगालाल अस्पताल काठमाडौंमा निधन भएको हो ।
उनी २०७० सालमा संविधान सभा निर्वाचनमा बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।
तमानखोला गाउँपालिका ५ खुंखानीमा जन्मेकी छन्त्याल लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहँदै आएकी थिइन् ।