सभामुखले बोल्न नदिएको भन्दै सासद गिरी संसद बैठकबाट बाहिरिइन्



काठमाडौँ । समाजवादी पार्टीकी सांसद सरिता गिरी संसद बैठकबाट बाहिरिएकी छन् । सभामुखले आफूलाई बोल्न नदिएको भन्दै गिरी संसद बैठकबाट बाहिरिएकी हुन् । संविधान संशोधन गरेर कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संविधानको अनुसूची ३ अनुसारको निसाना छापमा राख्न नहुने संशोधन प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता गराएकी उनले आफूले संसदमा सुरुमा बोल्न पाउनुपर्ने माग गरेकी थिइन् ।

सांसद गिरीको संशोधन प्रस्ताव प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा उल्लेखित शर्त विपरीत रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकार गरेका थिए । सभामुखले बोल्न नदिएको र सरकारले तथ्य तथा प्रमाणमा आधारित भएर नक्सा जारी नगरेको सांसद गिरीको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी