सरकारलाई शान्तिपूर्ण आन्दोलनमाथि दमन नगर्न जनता समाजवादी पार्टीको चेतावनी



काठमाडौं । जनता समाजवादी पार्टीले शान्तिपूर्ण आन्दोलनमा दमन नगर्न सरकारलाई चेतावनी दिएको हो । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार विज्ञप्ति जारी गरी कोरोना नियन्त्रणमा सरकार असफल भएको भन्दै अनियमितताका बारेमा आवाज उठाउँदा शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

उनीहरुले जनप्रदर्शनमाथि दमन बन्द गरी माग सम्बोधन गर्न आग्रह गरेका छन् । सरकारले कोरोना नियन्त्रणमा लिएको नीति असफल भएको भन्दै तथा अनियमितता भएको भन्दै केही दिनदेखि देशभर सरकारविरुद्ध प्रदर्शन भइरहेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रहार गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी