प्रधानमन्त्रीले शुक्रबार संसदमा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको दुई वर्ष पुगेको अवसरमा प्रतिनिधिसभाबाट सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले संसदमा सार्वजनिक महत्वको विषयमा जानकारी दिन शुक्रबार संसदमा सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले दुई वर्षअघि फागनु ३ गते प्रधानमन्त्री पदको सपथ लिएका थिए। प्रतिनिधि सभाको बैठक शुक्रबार २ बजे बस्दैछ।