१६ सय किलो गाँजासहित झापाबाट दुईजना पक्राउ



झापा । सशस्त्र प्रहरी बलले एक हजार ६३६ किलो गाँजासहित झापाबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले गाँजासहित बुद्धशान्ति गाउँपालिका–४ मेची राजमार्गबाट दुई ट्रकसहित दुवैजनालाई नियन्त्रणमा लिएको हो ।

इलामबाट झापातर्फ आउँदै गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बलको टोलीले शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएको किलो गाँजा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाईँले जानकारी दिए ।

पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ का महेश राई र इलामको माईजोगाई गाउँपालिका–२ का गङ्गाबहादुर बस्नेत रहेका छन् ।

प्रहरीले जाँच गर्दा ट्रकमा ५७ बोरामा राखेर ल्याउँदै गरेको गाँजा बरामद गरेको हो । प्रहरीले उनीहरुको साथबाट ८७ हजार र पाँच थान मोबाइल समेत बरामद गरेको छ । उनीहरुलाई ट्रकसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यपालिकाको बैठक बोलाउन माग गर्दै १८ जना वडाअध्यक्षद्वारा बालेनलाई ज्ञापनपत्र

काठमाडौं । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कारबाही प्रक्रियाको मागसहित तत्कालै कार्यपालिका

विवाहको उमेर घटनाउने कि रोमियो-जुलियट विचारधारामा जाने ?

  काठमाडौँ । संसदको न्याय, कानुन तथा मानव अधिकार समितिमा विवाहसम्बन्धी २० वर्ष

बारा र पर्सामा गुणस्तरीय विद्युत् आपूर्ति नियमित बनाउन उच्च क्षमताका तीनवटा सबस्टेसन निर्माण अन्तिम चरणमा

काठमाडौँ । बारा र पर्सा जिल्लास्थित औद्योगिक करिडोर र उपभोक्तालाई भरपर्दो र गुणस्तरीय

सरकारलाई राष्ट्रपतिको सुझावः राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्नु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज