कार्यपालिकाको बैठक बोलाउन माग गर्दै १८ जना वडाअध्यक्षद्वारा बालेनलाई ज्ञापनपत्र



काठमाडौं । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कारबाही प्रक्रियाको मागसहित तत्कालै कार्यपालिका बैठक बोलाउन नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्षसहित बहुमत कार्यपालिका सदस्यहरूले माग गरेका छन् ।

आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई काठमाडौं महानगरपालिकाका १८ जना वडाअध्यक्षसहित नेपाली कांग्रेसबाट कार्यपालिका सदस्य भएका सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई गरिएको कारबाहीको प्रक्रियाको माग गर्दै वडा–१७ का वडाअध्यक्ष एवं प्रवक्ता नविन मानन्धरले ज्ञापन पत्र बुझाएका हुन् ।

‘आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई गरिएको कारवाही प्रक्रियाको माग सहित तत्कालै कार्यपालिका बैठक बोलाउन वडाअध्यक्ष एवं कार्यपालिका सदस्यहरूले माग गरेका छौ,’ काठमाडौँ महानगरपालिका वडा–८ का वडाअध्यक्ष आशामान संगतले भने ।

उनले, कामपा वडा नम्बर १२ का वडाअध्यक्षको अध्यक्षतामा कार्यपालिका बैठक तत्काल बोलाउन माग गरेको र तत्कालै प्रशासकीय अधिकृतलाई गरिएको कारबाही प्रक्रियाको माग सार्वजनिक गर्न हस्ताक्षरसहित पठाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाका महामन्त्री धवलशम्सेर राणा रिहा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणा रिहा भएका छन् ।

जे आउँछ मज्जाले पचाउँछ भनेको जस्तै म सबै कुरा डाइजेष्ट गरिहाल्छु

केपी शर्मा ओली । गोन्द्राङ–पुुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्घाटन भएको

खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न योजना आयोगको सुझाव

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत

प्रहरी जवानको लिखित परीक्षामा अर्काको परीक्षा दिने ६ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । प्रहरी जवान पदको लिखित परीक्षा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ