यस्तो छ सुदूरपश्चिमको नीति तथा कार्यक्रम



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश सरकारले बुधबार प्रदेशसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेशसभाको बैठकमा सरकारको विनियोजन विधेयक २०८०/८१ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि नीति कार्यक्रम प्रस्तुत गरिएको हो। प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा चिडियाखाना स्थापनादेखि मनोरेल सेवाका लागि संभाव्यता अध्ययनसम्मका विषय समावेश गरिएको छ।

प्रदेश सरकारले व्यवसायिक कृषिका लागि त शून्य ब्याज नारा नै दिएर नीति तथा कार्यक्रममा राखेको छ । प्रदेश सरकारले धनगढी–अत्तरिया मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ।

प्रदेश बस सेवा सञ्चालन गर्न असफल भएको प्रदेश सरकारले मनोरेल सेवा सञ्चाल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको हो। आगामी आर्थिक वर्ष २०८०/८१ मा मनोरेल सेवा सञ्चालनका लागि अध्ययन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाम-२ मा आइतबार बिहानदेखि मात्र मतगणना सुरु हुने

इलाम । इलाम क्षेत्र नम्बर–२ मा आइतबार बिहानदेखि मात्र मतगणना हुने भएको छ

बाग्लुङबाट पोखरा आउँदै गरेको बस भोटे क्याम्पमा दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेम्जाको भोटे

मुग्लिन पोखरा सडकको पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

लुक्ला (सोलुखुम्वु) । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला एयरपोट) मा