इलाम-२ मा आइतबार बिहानदेखि मात्र मतगणना सुरु हुने



इलाम । इलाम क्षेत्र नम्बर–२ मा आइतबार बिहानदेखि मात्र मतगणना हुने भएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले मतपेटिका आइपुग्न समय लागेकाले आइतबार बिहान सात बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने जानकारी दिए ।

इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिनेछ । इलाम–२ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

इलाममा नेकपा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । इलाम २ मा ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवन राष्ट्रिय निकुञ्जमा दश महिनामा २१ गैँडाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक

डढेलोबाट रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

मन्थली (रामेछाप) । एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा

९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित दुई जनालई पक्राउ गरेको छ