लुम्बिनीमा शून्य प्लाष्टिक अभियान सुरु



लुम्बिनी । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्लाष्टिक शून्य अभियान थालिएको छ । प्लाष्टिकका कारण जताततै फोहर फैलिँदा यसबाट लुम्बिनी भ्रमण गर्न आउने पर्यटकमा नकारात्मक असर पार्ने तथा यहाँको वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले अभियान थालिएको हो ।

नगरलाई सफा र स्वच्छ बनाउन अभियान सुरु गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ । नगरपालिकाको आर्थिक सहयोगमा ‘ग्रिनरी नेपाल’ नामक संस्थाले छ महिनासम्म यो अभियान सञ्चालन गर्ने छ । अभियानको आइतबार सुरुवात गर्नुहुँदै रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकाले यस क्षेत्रमा सरसफाइ आवश्यक भएको बताए ।

उनले भने, “लुम्बिनीपछि यस क्षेत्रका अन्य स्थानीय तहलाई समेत शून्य प्लाष्टिक बनाउन पहल गर्नेर्छौं ।” जनसहभागिताले मात्र यस्ता अभियानले पूर्णता पाउने उनको भनाइ थियो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हृदयरत्न बज्राचार्यले प्लाष्टिकजन्य फोहरले पर्यावरण र जलवायु परिवर्तनमा समेत नकारात्मक असर परेकाले विद्यालयदेखि विश्वविद्यालय तहसम्म यसबारे चेतना फैलाउन आवश्यक रहेको बताए ।

लुम्बिनी प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ताले पर्यटकलाई आकर्षित गर्न र उनीहरुको बसाईं लम्ब्याउन लुम्बिनी सफा र स्वच्छ हुनु पहिलो शर्त भएको बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले अभियानमा जनप्रतिनिधि, सामाजिक तथा व्यावसायिक सङ्घसंस्थाको सहभागितामा छ महिनासम्म सरसफाइ अभियान सञ्चालन गरिने बताए ।

ग्रिनरी नेपालका अध्यक्ष निपेश ढाकाले अभियानमा संस्थाका २२ स्वयंसेवक चेतना अभिवृद्धिका साथै फोहर सङ्कलन, फोहर वर्गीकरण र फोहर विसर्जनमा खटिने उल्लेख गर्दै उक्त अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने

काठमाडौँ । आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका

तेस्रो लगानी सम्मेलन आजदेखि, नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिने

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

इलाम-२ मा आइतबार बिहानदेखि मात्र मतगणना सुरु हुने

इलाम । इलाम क्षेत्र नम्बर–२ मा आइतबार बिहानदेखि मात्र मतगणना हुने भएको छ

बाग्लुङबाट पोखरा आउँदै गरेको बस भोटे क्याम्पमा दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेम्जाको भोटे