मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी



मुगु । हिमाली जिल्ला मुगुको प्रतिनिधिसभा क्षेत्रतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका छन् । नेकपा एमालेका राजबहादुर कार्कीलाई ३ हजार ९९४ मतान्तरले पछि पार्दै शाही विजयी भएका हुन् । शाहीका पक्षमा १४ हजार ७०२ मत आउँदा कार्कीले १० हजार ७०८ मत पाए ।

योसँगै कर्णालीमा प्रतिनिधि सभा सदस्यको नतिजा आउने क्रम सकिएको छ। जसमा नेपाली कांग्रेसले ४ र माओवादीले ४, समाजवादीले ३ र राप्रपाले एक सिट जितेका छन् । यस्तै २०७४ को निर्वाचनमा कर्णालीमा पहिलो दल बनेको नेकपा एमाले भने यसपटक प्रतिनिधि सभामा बढारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने

काठमाडौँ । आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका

तेस्रो लगानी सम्मेलन आजदेखि, नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिने

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

इलाम-२ मा आइतबार बिहानदेखि मात्र मतगणना सुरु हुने

इलाम । इलाम क्षेत्र नम्बर–२ मा आइतबार बिहानदेखि मात्र मतगणना हुने भएको छ

बाग्लुङबाट पोखरा आउँदै गरेको बस भोटे क्याम्पमा दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेम्जाको भोटे