नेपालीको प्रतिव्यक्ति आय १,३८१ डलर, सार्वजनिक ऋण भार ६३ हजार ३१० रुपैयाँ



काठमाडौं । प्रत्येक नेपालीको भागमा सार्वजनिक ऋणको भार ६३ हजार रुपैयाँ पुगेको छ। शनिबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको आर्थिक सर्वेक्षणका अनुसार प्रत्येक नेपालीहरुको भागमा ६३ हजार ३ सय १० रुपैयाँ ऋण परेको उल्लेख छ। नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब भएको छ ।

फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ । उक्त ऋणलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जनामा विभाजन गर्दा उक्त रकम प्रत्येक व्यक्तिको भागमा परेको हो ।

यस्तै, कुल व्यापार घाटा ३४.५ प्रतिशतमाथि पुगेको छ। चालु आर्थिक वर्षको ८ महिनामा सरकारको व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको सर्वेक्षणमा उल्लेख छ । अर्थ मन्त्रालयका अनुसार फागुन मसान्तसम्म आन्तरिक ऋण ८ खर्ब ६३ अर्ब १९ करोड र बाह्य ऋण ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ रहेको छ।
प्रतिव्यक्ति आय बढ्यो
नेपालीको प्रतिव्यक्ति आय बढेर एक हजार ३८१ डलर पुगेको छ । आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय गत वर्षभन्दा यस पटक १०.८ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा एक हजार २४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा १ सय ३५ डलरले बढेको हो ।

त्यस्तै चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार पनि बढ्ने अर्थमन्त्रीले पेश गरेको सर्वेक्षणमा उल्लेख छ। चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५.८४ प्रतिशतले बढ्ने उल्लेख छ। कोभिड महामारी विस्तारै कम हुँदै गएको र ऊर्जा क्षेत्रमा लगानी बढेकाले अर्थतन्त्रको आकार पनि बढेको जनाइएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका- १ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको

वनमा डढेलो लागेपछि बस्तीमा छिरे वन्यजन्तु

सिरहा । एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले

अर्गानिक तरकारी खेतीमा रमाउँदै बाँकेका थारू महिला

बाँके । अर्गानिक तरकारीको माग बढ्दै गएपछि ग्रामीण क्षेत्रका थारू महिला बिहानै तरकारी

निराधार हल्ला चलाएर असंवैधानिक ढंगले रातारात पार्टी विभाजन गरियो, कानुनी लडाइँ लड्छौंः अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा र नेकपा एकीकृत