क्यानद्वारा चार खेलाडीमाथिको कारबाही फिर्ता



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले चार खेलाडीमाथिको कारबाही फिर्ता लिएको छ। बिहीबार बसेको क्यानको बैठकले पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले ओमन भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरु विक्रम सोब, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्तास्वरुप जनही एक लाख र महिला खेलाडी ज्योति पाण्डेलाई ५० हजार रुपैयाँ प्रदान गर्ने निर्णय पनि गरेको छ ।

सोमपाल कामीको ग्रेडलाई लिएर यसअघि सुरु भएको विवादले गर्दा क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदबाट हटाएको थियो। उनीहरु लगायत चार खेलाडीमाथि अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।
यसैक्रममा सन्दीप लामिछानेले राष्ट्रिय टोलीको कप्तानी पाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल वेस्टइन्डिज ‘ए’ सँग पराजित

काठमाडौं । काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो !

खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम

कच्ची घरमा बसेर महल ठ्डयाउने कैलालीका ‘रुवि’

महेन्द्रनगर । कैलालीको कैलारी गाउँपालिका-३ का ३१ वर्षीय रुवि चौधरीको गाउँमा सानो कच्ची

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा, अभियानमा यस्ता छन् सातवटा कार्यक्रम

  काठमाडौं ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित