कानुन व्यवसायीमाथि भएको आक्रमणलाई अन्तर्राष्ट्रियकरण गर्ने अर्यालको चेतावनी



काठमाडौं । अधिवक्ता ओमप्रकाश अर्यालले कानुन व्यवसायीमाथि भएको आक्रमण मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको पनि विषय भएकाले यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने चेतनवी दिएका छन् ।

बिहीबार नेपाल बार एसोसिएसन परिसरमा विरोध प्रदर्शनपछि सम्बोधन गर्दै अर्यालले यो मुद्दा राष्ट्रसंघका निकायमा लैजाने चेतावनी दिएका हुन् । उनले कानुन व्यवसायीमाथि बल प्रयोग गर्नेहरुले माफी नमागे यसलाई अन्तर्राष्ट्रियकरण गर्ने बताए ।

उनले भने,‘हामी यसविरुद्ध जाहेरी दर्ता गर्न जान्छौं । दर्ता भएन, अनुसन्धान भएन, कारबाही गरेन र मानव अधिकार आयोगले पनि हेरेन हेरेन भने हामीले अन्तर्राष्ट्रिय क्षेत्राधिकारमा लान्छौँ । यदि तिमीहरुको नाम किटानी गरेर हामीले दियौँ भने तिमीहरुको वृत्ति विकास, आगामी नियुक्तिहरु, वैदेशिक भ्रमणहरु सबै दाग लाग्नेछ । भेटिङको प्रक्रियामा लानेछौँ ।’

नेपाल बार एसोसिएसनले शुक्रवार पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । धर्नाका क्रममा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरु प्रकाश महर्जन, कपिल पोखरेल, निकेश श्रेष्ठ, युवराज बञ्जाडेलगायत एक दर्जन घाइते भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना