नेपाली श्रमिकलाई थप रोजगारीका अवसर सिर्जना गर्न इजरायल सकारात्मक



काठमाडौं । नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रूपमा रहेको इजरायलले नेपाली श्रमिकलाई थप रोजगारीका अवसर सिर्जना गर्न सकारात्मक रहेको जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग मंगलबार नेपालका लागि इजरायली राजदूत हनान गोदरले भविष्यमा ‘केयर गिभर’बाहेक अन्य पेशागत क्षेत्रमा पनि नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न तयार रहेको बताएका हुन् ।

भेटमा मन्त्री श्रेष्ठले इजरायलका अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसरका लागि पहल गरिदिन आग्रह गर्नुभएको श्रम मन्त्रालयले जनाएको छ । अहिले करिब १२ हजार नेपाली कामदार इजरायलमा कार्यरत छन् ।

सन् २०२० मा भएको श्रम सम्झौताअनुसार नेपाली नागरिकलाई इजरायलको दीर्घकालीन सेवा केन्द्रमा सहायक कामदारको रूपमा एक हजार १७५ जनालाई इजरायलले रोजगारी प्रदान गरेको छ ।

केयर गिभरमा इजरायल जानका लागि भाषा पास गरेकाहरू छिट्टै रोजगारीका लागि इजरायल जाँदैछन् । योग्यता प्रणालीअनुरूप रोष्टरमा रहेका बाँकी ४२५ जनालाई समेत रोजगारीको अवसर दिन नेपालले आग्रह गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना