हिरासत र कारागारमा भएका घटना छानबिन गर्न गठित समितिद्वारा गृहमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण समक्ष तीन स्थानका हिरासत र कारागारमा भएको घटना छानबिन गर्न गठित समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । छानबिन समितिका संयोजक सहसचिव थानेश्वर गौतमले प्रतिवेदन बुझाएका हुन् ।

गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका उपरीक्षक प्रवीण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम सदस्य रहेको थिए ।

छानबिन समितिले प्राप्त गरेको प्रमाणले तीनै स्थानमा आत्महत्या भएको पुष्टि गरेको दाबी प्रतिवेदनमा उल्लेख छ । कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुरुष हिरासत कक्षमा गत असोज २४ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेका जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ का २९ वर्षीय मोहम्म खहकिमले गरेको आत्महत्या, इलाका प्रशासन कार्यालय टीकापुर कैलालीको हिरासतमा भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएका सुर्खेतको चौकुने गाउँपालिका–३ बस्ने ३५ वर्षीय धनबहादुर रानाले असोज २५ गते गरेको आत्महत्या र कारागार कार्यालय पर्वतमा करणी कसुरमाथुनामा रहेका बन्दी जिल्लाको फलेबास नगरपालिका–७का ५८ वर्षीय दुर्गाराज पाण्डेले झुण्डिएर गरेको आत्महत्याबारे अध्ययन समिति गठन गरिएको थियो ।

प्रतिवेदन बुझाउँदै समिति संयोजक गौतमले छानबिनका क्रममा भेटिएका प्रमाणले तीन स्थानमै आत्महत्या भएको पुष्टि भएको बताए । समितिले कारागार र हिरासत कक्षमा हुने आत्महत्या कम गर्न कैदीबन्दीलाई मनोसामाजिक परामर्श, थुनुवालाई निःशुल्क कानूनी परामर्श, हिरासत कक्षमा सुरक्षा निगरानी, हिरासत कक्षमा राखिएका सीसीटिभीलाई रेकर्डिङ र अनुगमन व्यवस्थालगायत व्यवस्था गर्न सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना