संविधानबमोजिम नियुक्त भएकाले त्यसैअनसार नै बहिर्गमन हुन चाहन्छुः प्रधानन्यायाधीश जबरा



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदबाट राजीनामा नदिने बताएका छन् । मंगलबार कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश जबराले अब सर्वोच्च अदालतमा नियमितजस्तै पेसी तोकिने र सुनुवाइ हुने बताएका हुन् ।

अभियानका संयोजक अधिवक्ता शिव अर्यालका अनुसार प्रधानन्यायधीशले आफू संविधान बमोजिम नियुक्त भएकाले संविधान बाहिरबाट दिइने दबाब र आन्दोलनले राजीनामा नदिने बताएका छन् । त्यसक्रममा प्रधानन्यायाधीशले न्यायपालिकामा देखिएको संकटबारे आफू जानकार रहेको बताएका थिए ।

प्रधानन्यायाधीशले भने,‘मलाई नेपालको संविधान र न्याय प्रशासन ऐनमा जुन अधिकार छ त्यो प्रयोग गरेर बेन्च सञ्चालन गर्छु । न्यायपालिकामा संकट आएको कुराप्रति जानकार छु । संविधानबमोजिम मेरो नियुक्ति भएको हो । संविधानबमोजिम नै बहिर्गमन हुन चाहन्छु ।’

प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको अगुवाइमा कात्तिक पहिलो सातादेखि विरोध प्रदर्शन भइरहेको छ । त्यस्तै सर्वोच्चका न्यायाधीशहरुले पनि इजलास बहिष्कार गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाबाट नेपाल फर्काइयो पाँच वटा ऐतिहासिक मूर्ति

काठमाडौं । अमेरिकाबाट नेपाल फर्काइएका पाँच वटा ऐतिहासिक मूर्ति काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाललाई

सबै श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गराउने सरकारको नीति, कहिले पूरा होला ?

काठमाडौं । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको तीन आर्थिक वर्ष नाघे पनि सामाजिक

३५ हजार २२१ पदमध्ये ३४ हजार ७४१ जनप्रतिनिधि निर्वाचित

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनको मतगणना कार्यअन्तर्गत ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित

ललितपुरको मेयरमा चिरीबाबु महर्जन निर्वाचित

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् ।