अझै प्रतिगामी षड्यन्त्रको अन्त्य भएको छैन, थप सचेत बन्नुपर्ने अवस्था छ: ऊर्जामन्त्री



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताएकी छन् । प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश (पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन)को जिल्ला शाखाको पहिलो अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै मन्त्री भुसालले पाँच दलको गठबन्धनको बलबाटै प्रतिगामी प्रवृत्तिलाई परास्त गरिएको बताइन् ।

“अझै प्रतिगामी षड्यन्त्रको अन्त्य भएको छैन, थप सचेत बन्नुपर्ने अवस्था छ”, उनले भनिन् । जनता र अग्रगमनकारी शक्तिको सहयोगबाट प्रतिगमन पररास्त भएको उल्लेख गर्दै उनले गठबन्धनलाई आगामी निर्वाचनसम्म टिकाइराख्ने बताइन् । “गठबन्धन भत्काउन विभिन्न शक्ति लागिपरेका छन्”, मन्त्री भुसालले भन्नुभयो, “तर हामी सचेत छौँ, निर्वाचनसम्म गठबन्धनलाई लैजान्छौं ।”

प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले नेपालको राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भएको उल्लेख गर्दै जनताको पक्षमा निर्वाध ढङ्गले कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।

अधिवेशनबाट समग्र पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको कार्यसमिति चयन भएको छ । पत्रिका शाखाको अध्यक्षमा अम्बिका पौडेल, रेडियोको अध्यक्षमा हरि दुलाल, टेलिभिजनको अध्यक्षमा रवीन्द्र पौडेल र अनलाइनको अध्यक्षमा सन्तोष भट्टराई निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना