भारतबाट अर्कोसाता ‘कोभिसिल्ड’को १० लाख डोज खोप आउने



काठमाडौँ । यसअघि खरिद गरेर भारतबाट ल्याउन बाँकी १० लाख डोज खोप अर्को साता आउने भएको छ । भारतीय राजदूत विनय मोहन क्वात्राले बुधबार परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरी भारतले अर्को साता भित्रमा नेपाललाई खोप उपलब्ध गराउने जानकारी दिएका हुन् ।

सरकारले कोभिडविरुद्धको ‘कोभिसिल्ड’ खोप यसअघि नै खरी गरेपनि दोस्रो लहरको कोरोना संक्रमण बढेपछि भारतले खोप निर्यातमा रोक लगाएपछि नेपालले खरिद गरेको खोप पाउन सकेको थिएन । नेपालले भारतसँग २०७७ फागुनमा २० लाख डोज खोप खरिद गरेकोमा १० लाख त्यही महिना नेपाल आइपुगेको थियो । बाँकी १० लाख रोकिएको थियो ।

Hon. Minister for Foreign Affairs Dr. Narayan Khadka received in his office Ambassador of India @AmbVMKwatra.
Had fruitful discussion on all important aspects of #Nepal#India bilateral relations, including the supply of COVISHIELD vaccines by next week.@PaudyalBR @sewa_lamsal pic.twitter.com/Zems2Pof1j

— MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 6, 2021

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रूकुम पूर्वको भूमेमा आठ महिने नाबालकसहित दुईको हत्या, आरोपीको पनि भीरबाट लडेर मृत्यु

  त्रिवेणी (रूकुम पश्चिम) । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ महिने

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसद्बाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक जसरी पनि

फागुन ४ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर

काठमाडौँ । आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम

माधव नेपाल र विप्लवसँग पार्टी एकताको कुरा भइरहेको छः अध्यक्ष प्रचण्ड

काँक्रेविहार (सुर्खेत)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले