रूकुम पूर्वको भूमेमा आठ महिने नाबालकसहित दुईको हत्या, आरोपीको पनि भीरबाट लडेर मृत्यु



 

त्रिवेणी (रूकुम पश्चिम) । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको छ ।

मङ्गलबार दिउँसो ३ बजेको समयमा एकै घरका आठ महिनाका समीर बुढा र ६० वर्षीय ढाँटी बुढाको हत्या भएको हो । समीर र ढाँटी नाति र हजुरआमा हुन् । सोही ठाउँका ५१ वर्षीय चन्द्रसिंह पुनले उनीहरूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

खरेलका अनुसार दुवै जनाको खुकुरी प्रहार गरेर हत्या गरिएको छ । स्थानीयले घटनाको बारेमा जानकारी गराएपश्चात् प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थल पुग्दा दुवै जना मृत अवस्थामा फेला परेको उनले जानकारी दिए । घटनामा संलग्न ५१ वर्षीय चन्द्रसिंह पुनको पनि मृत्यु भएको छ ।

हत्या गरेर भाग्ने क्रममा भीरबाट खसेर सोही वडाको खुलखुले खोलामा उनको शव फेला परेको उनले बताए । चन्द्रसिंहले भिरबाट हामफालेर आत्महत्या गरेको अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरहामा महायज्ञ विवाद प्रकरणः पीडित परिवारद्वारा तीन जनाविरुद्ध प्रहरीमा जाहेरी

सिरहा ।  सिरहाको औरही गाउँपालिका—५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाका घटनाका

दलको विकल्प राजसंस्था कुनै पनि अवस्थामा हुनसक्दैनः महासचिव गुरुङ

गोरखा । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र

संखुवासभाको सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे

किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् ।

नेपालमा समस्या मात्रै छन् भनेर बनाउन खोजिएको भाष्य सत्य होइनः गृहमन्त्री लेखक

नवलपुर ।  गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने बताएका