प्रमुख दलहरुबीच सहमति गरेर एमसीसीबारे आवश्यक निर्णय लिन्छौंः भट्टराई



काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले बिहीबार साँझ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेको छ।

बिहीबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेटेको टोलीले साँझ भट्टराई र अध्यक्ष यादवलाई भेटेको हो।

भट्टराईले भेटका क्रममा एमसीसीबारेमा नेपालमा प्रमुख दलहरुबीच सहमति गरेर आवश्यक निर्णय गरिने बताएको जानकारी दिएका छन्।

‘नेपाल भ्रमणमा रहेका एमसीसीका उपाध्यक्ष र सहायक उपाध्यक्षसँग उपयोगी छलफल भएको छु, उनले भनेका छन्, ‘एमसीसीबारेमा प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय गरिने जानकारी गराएको छु।’

एमसीसीलाई लिएर नेपालमा दलहरु विभाजित छन्। प्रमुख सत्तारुढ दल कांग्रेस पास गर्नुपर्ने अडानमा छ। प्रमुख प्रतिपक्षी एमालेले पहिले सत्ताधारीले आफ्नो पोजिसन क्लियर गर्नुपर्ने अडान लिएको छ।

अर्कातिर माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी संशोधन नगरी पास गर्न नसकिने पक्षमा उभिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना