सभामुख र निर्वाचन आयोगविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट दर्ता



काठमाडौँ । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।  बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले १४ सांसदलाई सिफारिस गरे पनि कारबाही नगरेको भन्दै सभामुख, कारबाहीका लागि सिफारिस गरिएका १४ सांसदको सनाखत गरी पार्टी विभाजन गरेको भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाउँदै वारेसमार्फत रिट दिएका हुन् ।

त्यस्तै लुम्बिनी प्रदेशका सभामुख पूर्णप्रसाद घर्तीविरुद्ध पनि सांसद अजय शाही र विमला वलीलाई कारबाही नगरेको भन्दै ओलीले रिट निवेदन दिएका छन् । त्यस्तै नेकपा (एकीकृत समाजवादी)मा रहेका १४ सांसदलाई पनि विपक्षी बनाएर रिट हालिएको छ । एमालेले निर्वाचन आयोगले प्रक्रिया मिचेर धेरै संख्या पुर्याएर नेकपा एकीकृत समाजवादी दर्ता गरेको दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साढे ६ लाख रुपैयाँसहित कोटेश्वरबाट ५ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जुवाडेलाई पक्राउ गरेको छ

एमाले महाधिवेशनः मतगणना सुरु भएको २ घण्टामा परिणाम

सौराहा । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको

हुम्लामा हेलिकोप्टरमा खाद्यान्न ढुवानी

सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ

मतदान भइरहेका बेला पर्चा बाँड्ने कामले पार्टीमा धब्बा लाग्छ : भीम रावल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार डा. भीम रावलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदान