भारतद्वारा बिपी प्रतिष्ठानलाई अक्सिजन प्लान्ट प्रदान



काठमाडौं । भारत सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट उपलब्ध गराएको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा भारतले नेपाललाई निरन्तर सहयोग गरेकामा सराहना व्यक्त गरे । उनले कोरोनाविरुद्ध सबै एकजुट हुनसके मात्र नियन्त्रण गर्न सकिने भन्दै नेपालले यसको रोकथाम र नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको बताए ।

उनले लक्षित सबै समुदायलाई खोप उपलब्ध गराउने गरी सरकारले खोप ल्याइरहेको जानकारी दिए । भारतीय राजदूत क्वात्राले कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा भारतले नेपाललाई निरन्तर सहयोग गरेको बताए ।

भारतले उपलब्ध गराएको उक्त अक्जिसन प्लान्टले दैनिक २०० बिरामीलाई एकैपटक अक्सिजन उपलब्ध गराउन सकिन्छ । भारत सरकारको सहयोगमा नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘महाकुम्भबाट नेपाल पनि हुनसक्छ लाभान्वित ’

कमलकुमार बस्नेत, प्रयागराज । यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको

पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा रमाएका ‘सङ्घर्ष’

काठमाडौं । सङ्घर्ष विष्ट तीस वर्ष अघि पाइलट बन्नका लागि पढाइ गर्न अमेरिका

रूकुम पूर्वको भूमेमा आठ महिने नाबालकसहित दुईको हत्या, आरोपीको पनि भीरबाट लडेर मृत्यु

  त्रिवेणी (रूकुम पश्चिम) । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ महिने