पार्टीलाई एकतावद्ध बनाउन १० बुँदे सहमति कार्यान्वयनमा एमालेका दोस्रो तहका नेताहरुको जोड



काठमाडौं । नेकपा एमाले विभाजित भएपछि माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले पार्टी एकताका लागि जोड दिने निष्कर्ष निकालेका छन् । शुक्रबार महाराजगञ्जस्थित एक होटलमा भेला भएका उनीहरुले अहिलेको अवस्थामा देखापरेका पार्टीका समस्यालाई समाधान गर्दै पार्टी एकतामा जोड दिने निष्कर्ष निकालेका हुन् ।

छलफलपछि एमाले नेता गोकर्ण विष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरु लागिपर्ने बताए । उनले सरकारले ल्याएको पार्टी विभाजनसम्बन्धी विधेयकको बिरोध गर्ने आफूहरुको एजेण्डा रहेको जानकारी दिए । विष्टले पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने विषयमा छलफल गरेको बताए ।

उनले भने, ‘एकता आवश्यक छ भन्ने पक्षमा हामी अझै क्रियाशील बनिरहेका छौँ। हामीले नेकपा एकताको कार्यलाई जारी राख्ने, अध्यादेशको विरोध गर्ने, १० बुँदे सहमतिलाई अक्षरशः पालना गरेर नेकपा एमालेलाई एकतावद्ध गर्ने सन्दर्भमा मात्र माधव नेपालसहित १४ जनालाई गरिएको कारबाही फिर्ता लिन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने, दल दर्ता गर्न जानुभएका माधव नेपालजीहरुलाई त्यहाँबाट फिर्ता भएर पार्टी एकताका लागि भूमिका निर्वाह गर्ने, अहिलेका समस्याको समाधान गर्ने सन्दर्भमा यो भेलाले निष्कर्ष निकालेको छ, यो समय अध्यक्ष केपी शर्मा ओलीलाई लचकता भएर जान आग्रह गर्छौं र माधव नेपालजीलाई पनि आग्रह गर्छौं ।’

त्यसैगरी नेता भीम रावलले आजको छलफलले तत्काल १० बुँदे सहमति व्यवहारमा कार्यान्वन गर्न माग अघि सारेको बताए । उनले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी विधेयक कुनै हालतमा स्वीकार्य नहुने बताए ।

केन्द्रीय कमिटी र सांसदहरु गरी ५७ जनाको सहमतिबाट पार्टीमा उत्पन्न समस्या, त्यसको समाधान, १० बुँदे सहमतिको कार्यान्वयन, यसबीचमा भएका विभिन्न कारबाहीहरु र अगाडिको बाटोको सम्बन्धमा गहन छलफल गरेको उनले बताए । उनले नेकपा एमालेको एकताका लागि आगामी दिनमा अघि बढ्ने भन्दै पार्टीको हितका लागि सबै पंक्तिका नेताले सोचेर मात्रै निर्णय लिनुपर्ने बेला आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, दुई घाइते

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको

एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

मुद्दा जिताइदिन्छु भन्दै ३० लाख ठगेर फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ लिएर फरार