सर्वोच्चको आदेश विपरीत पशुपति क्षेत्रमा इसाईका पक्की चिहान !



काठमाडौं । सर्वोच्च अदालतको आदेश विपरीत विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीको शव गाड्ने र पक्की चिहान बनाउने क्रम बढेको छ ।

सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर क्षेत्रमा इसाइ धर्मालम्बीको शव गाडिएकोप्रति सनातन धर्म महासङ्घ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इसाइ धर्मावलम्बीको उक्त काम गैरकानूनी र अवाञ्छित भएको महासङ्घका महासचिव अभिषेक जोशीले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सर्वाेच्च अदालतको विसं २०६८ जेठ १ गतेको परमादेशअनुसार पशुपतिनाथको वनक्षेत्रमा इसाइ (क्रिश्चियन) धर्मावलम्बीलाई शव गाड्न निषेध गरिएको छ । महासङ्घले चैत २६ मा श्लेषमान्तक वन निरीक्षण गर्दा इसाइ धर्मावलम्बीद्वारा निर्माण गरिएका नयाँ पक्की चिहान फेला परेको महासचिव जोशीले बताए । यसबारे सरोकार भएका निकायको ध्यानाकर्षण गराइएको महासङ्घले जनाएको छ ।

सर्वाेच्च अदालतको आदेश, पशुपति क्षेत्र विकास कोष ऐन २०४४ तथा नेपालको संविधानको उल्लङ्घन भइरहँदा पशुपति क्षेत्र विकास कोषलाई त्यस्ता गतिविधिहरूबारे जानकारी छ कि छैन भनी महासचिव जोशीले प्रश्न गरेका छन् । श्लेषमान्तक वनको संरक्षण, संवद्र्धन तथा सरसफाइ पनि हुन नसकेको निरीक्षणका क्रममा देखिएको उनले सुनाए ।

वनमा खुलेआम दिसापिसाब, अनैतिक क्रियाकलाप, प्लाष्टिकजन्य फोहर, बेवारिसे शव, रक्सीका बोतल फेला परेका छन् । पशुपतिनाथ जस्तो धार्मिक स्थल सबै प्रकारले सुरक्षित, मर्यादित र सफासुग्घर हुनुर्ने महासङ्घको माग छ । कोषले पनि यस विषयमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना