प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोक्ने निर्वाचन आयोगको निर्णय



काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनसँग सम्बन्धी तोकिएका कार्यमा सहयोग र समन्वय गर्न सबै प्रदेश र स्थानीय तहमा एक÷एक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ ।

नामावली सङ्कलन तथा अद्यावधिक, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम र सूचना तथा सन्देश सम्प्रेषण गर्नेलगायतका कार्यका लागि सम्पर्क व्यक्ति तोकिन लागेको आयोगले जनाएको छ ।

सबै प्रदेशमा निर्वाचनसम्बन्धी विषयमा आवश्यक समन्वय गर्न सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव वा सोसरहका कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी जानकारी पठाउन उक्त कार्यालयलाई आयोगले आग्रह गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आयोगले स्थानीय तहमा शिक्षा वा सामाजिक विषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकी जानकारी गराउन अनुरोध गरेको छ ।

यसैबीच आयोगले प्रदेश र स्थानीय तहमा रहने सम्पर्क व्यक्तिको कार्यविवरणसमेत स्वीकृत गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाग्लुङबाट पोखरा आउँदै गरेको बस भोटे क्याम्पमा दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेम्जाको भोटे

मुग्लिन पोखरा सडकको पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

लुक्ला (सोलुखुम्वु) । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला एयरपोट) मा

आगलागीबाट सङ्खुवासभामा १९ लाख भन्दाबढीको क्षति

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट १९ लाख