पार्टीभित्रबाट सरकारलाई असयोग र अवरोध गरेपछि संसद विघटनः रायमाझी



काठमाडौं । नेकपाका केपी शर्मा ओली पक्षधर नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीभित्रबाट सरकारलाई असयोग र काम गर्न अवरोध गरेपछि बाध्य भएर संसद विघटन गर्नुपरेको दाबी गरेका छन् ।

काठमाडौंमा बुधबार आयोजित साक्षात्कारमा रायमाझीले आफ्नै पार्टीबाट बारम्बार असहयोग भएपछि र अविश्वासको प्रस्ताव दर्ता गराएपछि बाध्य भएर संसद विघटन गरेर नयाँ जनादेशका लागि चुनावमा जाने घोषणा गर्दै मिति तोकेको दाबी गरेका हुन् । सरकारलाई बरु प्रमुख प्रतिपक्षी दलबाट समेत असहयोग नभएको अवस्थामा नेकपाकै केही साथीहरुले हातखुट्टा बाँध्ने काम गरेको उनको भनाई थियो ।

साक्षात्कारमा नेकपाका प्रचण्ड–नेपाल पक्षका नेता कृष्णभक्त पोखरेलले संसद विघटन संविधान बिपरीत रहेको बताए । अहिलेको संविधानले संसद विघटनको परिकल्पना नै नगरेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको कदम गैरसंवैधानिक रहेको बताए । साक्षात्कारमा कांग्रेस नेतृ पुष्पा भुषालले सत्तारुढ नेकपाले जनमतलाई अपमान गरेको आरोप लगाइन् । नेकपालाई दुई तिहाईको जनमत दिएको भएपनि उसले जनमतको यथोचित कदर नगरेको उनको भनाइ छ ।

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले सरकारले अहिले चुनाव नै गर्न नसक्ने बताए । संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गर्नु गलत र अस्विकार्य भएको उनले बताए । प्रधानमन्त्रीले आफ्नो पद धरापमा परेपछि संसद विघटन गरेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ