कोरोना संक्रमणबाट सप्तरीका ३९ वर्षीय पुरुषको मृत्यु
काठमाडौं । कोरोना भाइरसबाट संक्रमित सप्तरीका ३९ वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–४ का ती युवकको उपचारका क्रममा बुधबार बिहान ३ः१० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।