प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाख युवालाई १ सय दिनको रोजगारी ग्यारेन्टी !



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अप्ठ्यारो अवस्थामा रहेका श्रमिकहरूलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउन सुरु गरिएको जानकारी दिएका छन् । सोमबार प्रतिनिधिसभामा विनियोजन विधेयक शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री यादवले समस्यामा परेकालाई प्राथमिकताका आधारमा फर्काउन सुरु गरिएको बताएका हुन् ।

विदेशमा समस्यामा परेर फर्काइएका श्रमिकहरुको पुनःएकीकरणका लागि उनीहरुलाई आन्तरिक रोजगारी तथा स्वरोजगारीका कार्यक्रममा परिचालन गरिने मन्त्री यादवले बताए । उनले आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत २ लाख युवाहरुलाई १ सय दिनको रोजगारी ग्यारेन्टी गरिने जानकारी पनि दिए ।

जुन कार्यक्रममा विपन्न बेरोजगार व्यक्ति, वैदेशिक रोजगारीबाट फर्किएका वा श्रम स्वीकृति लिएर पनि कोरोनाका कारण वैदेशिक रोजगारीमा जान नपाएकालाई प्राथमिकता दिइने मन्त्री यादवले बताए । त्यस्तै आगामी आर्थिक वर्षमा रोजगार सेवा केन्द्रलाई श्रमिक सूचना बैंक स्थापना गर्ने र युवाहरुलाई सीपअनुसारको रोजगारी उपलब्ध गराउने मन्त्री यादवले बताए ।

त्यस्तै म्यानपावर व्यवसायीहरूसँग घुस भन्दै आफूमाथि एक सांसदले व्यक्तिगत कुण्ठाले ग्रसित भएर तथ्यहीन आरोप लगाएको बताए । यसअघि उक्त मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा कांग्रेसका सांसद डा अमरेशकुमार सिंहले श्रममन्त्री रामेश्वर राय यादवले म्यानपावर व्यवसायीहरूसँग घुस मागेको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना