लकडाउनलाई सहज बनाउँदै लैजाने विषयमा तयार गरिएको मस्यौदामाथि उच्चस्तरीय समितिमा छलफल



काठमाडौं । सरकारले लामो समयदेखिको लकडाउनका कारण जनजीवन कष्टकर बन्दै गएपछि क्रमशः लकडाउनलाई खुकुलो बनाउदै लैजान तयारी तीब्र पारेको छ । शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई सहज बनाउँदै लैजाने विषयमा तयार गरेको मस्यौदामाथि छलफल भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले स्वास्थ्य मन्त्रालयद्वारा जारी स्वास्थ्य सुरक्षा मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डमा रहेर औद्योगिक र निर्माणजन्य उद्योग, व्यवसाय सञ्चालन गर्ने गरी मस्यौदा तयार गरिएको र त्यसमा छलफल भएको जानकारी दिए । पहिलो चरणमा उद्योग, कलकारखानासँगै विकास निर्माणका काम र आधारभूत आवश्यकताका क्षेत्र खुकुलो बनाइने र त्यसपछि चरणवद्ध रुपमा गृहकार्य गरिने उनले बताए ।

यद्यपि, यो विषयमा समितिको अर्को बैठकमा छलफल गरेर निर्णय लिइने बिडारीले बताए ।हालै बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तय गर्न समितिलाई निर्देशन दिएको थियो। नेपालमा चैत ११ देखि लकडाउन लागू भएकोमा पटकपटक लम्ब्याइँदै आइएको छ । पछिल्लो समय ३२ जेठसम्मका लागि लकडाउन कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना