जो जहाँ हिँडेर पुगेको छ त्यही बस्ने व्यवस्था गर्नुपर्छः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको स्वास्थ्य सङ्कटको गम्भीर परिस्थितिलाई बुझेर ‘लकडाउन’को कडाईसाथ पालना गर्न गराउन निर्देशन दिएका छन् । शुक्रबार बालुवाटारमा मन्त्रिपरिषद् सदस्यहरु, उच्चस्तरीय समन्वय समिति, कोभिड क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का पदाधिकारीसहितको विशेष बैठकमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले लकडाउनको कडाईका साथ पालना गर्न र गराउन निर्देशन दिनुभएको जानकारी दिए । उनले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयास, औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा स्वास्थ्यकर्मीको व्यवस्थापनलगायत उपचारको समग्र अवस्थाबारे समन्वय समिति र सीसीएमसीसँग जानकारी लिएका थिए । मन्त्री खतिवडाले भने, “जो जहाँ हिँडेर पुगेको छ त्यही बस्ने व्यवस्था गर्नुपर्छ । खानबस्नका लागि स्थानीय र प्रदेश सरकारले व्यवस्थापन गर्नुपर्छ ।”

उनले समग्र परिस्थितिको मूल्याङ्कन गरेर आवश्यकताका आधारमा निर्णयमाथि पुनर्मूल्याङ्कन गर्ने पनि जानकारी दिए । उनले लकडाउनका कारण दैनिकी चलाउन समस्यामा परेका परिवारलाई खाद्यान्न व्यवस्था गर्नसमेत स्थानीय तह, प्रदेश सरकार र सांसदहरुसँग समन्वय गर्नसमेत उच्चस्तरीय समितिलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीले प्रदेश र स्थानीय सरकारले लकडाउन र रोग सङ्क्रमणको समग्र अवस्थाको मूल्याङ्कन, अनुगमन र व्यवस्थापन गर्नसमेत निर्देशन दिएका छन् । राजधानीमा कोरोना सङ्क्रमण थप पाइएपछि काठमाडौँबाट बाहिर जानका लागि थप कडाई गर्ने निर्णय सरकारले गरेको थियो ।

शुक्रबार १४ जना सङ्क्रमितको संख्या थपिएपछि लकडाउनलाई अझ कडाई गर्नुपर्ने अवस्था आएको जनाइएको छ । लकडाउनको अवस्थामा पनि हिँडेरै घर जानेहरुको लर्को राजमार्गमा देखिन थालेपछि तिनको व्यवस्थापन गर्ने कि भन्ने विषयमा उच्चस्तरीय समन्वय समितिमा छलफल समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना