सभामुख र युएनडिपीका आवासीय प्रतिनिधि लबेबीच भेटवार्ता



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडा लबेले सोमबार शिष्टाचार भेटवार्ता गरेकी छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा युएनडिपी प्रतिनिधि लबेले सापकोटालाई प्रतिनिधिसभाको सभामुख निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले नेपाल सन १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएदेखि नै सहकार्य जारी रहेको स्मरण गर्दै संविधानसभा निर्वाचनदेखि सङ्घीय संसद्लाई गरेको सहयोगप्रति धन्यवाद दिइन् । उनले नेपालमा बहुआयामिक सहयोग गरिरहेको युएनडिपीले आगामी दिनमा पनि सहयोग जारी राख्ने विश्वास व्यक्त गरिन् ।

युएनडिपी प्रतिनिधि लबेले हाल नेपालका विभिन्न २६ क्षेत्रमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन् । सङ्घीय संसद्, प्रदेश र स्थानीय तहको, न्यायिक समितिसँग काम गरिरहेको जानकारी दिँदै लबेले जलवायु परिवर्तनको क्षेत्रमा सहकार्य गर्न सकिने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ