नेकपाभित्रको विवाद थप जटिल बन्दै, प्रचण्ड र ओलीद्वारा छुट्टाछुट्टै भेला आयोजना



काठमाडौँ । पार्टी स्थायी कमिटीको बैठक चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा पार्टीका केही नेता तथा मन्त्रीलाई बोलाएर छलफल गरेपछि त्यसबारेमा बुझ्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार साँझ ललितपुरमा भेला आयोजना गरेका छन् ।

बैठकमा उठेका विषय बैठकबाटै टुंगो लगाउनुपर्नेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बुधबार बिहान आफू निकटका नेता तथा मन्त्रीलाई बालुवाटारमा बोलाएर छलफल गरेपछि अर्का अध्यक्ष प्रचण्डले त्यसबारेमा बुझ्न तीस जना भन्दा बढी नेतालाई बोलाएका थिए । भेलामा सहभागी पार्टी स्थायी समिति सदस्य भीम रावलले अध्यक्ष प्रचण्डले तीस जना भन्दा बढी नेतासँग छलफल गर्नुभएको जानकारी दिएका छन् ।

रावलले पार्टीको बैठकबाट नै सम्पूर्ण निर्णय हुनुपर्छ भन्ने आफूहरुको चाहना भएको पनि बताए । रावलले अध्यक्ष प्रचण्डले बाँकी नेताहरुसँग बिहीबार बिहान छलफल गर्ने जानकारी  दिए ।

स्थायी कमिटी बैठक चलिरहेका बेला प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नै छुट्टै भेला गरेपछि त्यहाँ के भएको हो र त्यसको आशय के हो भन्ने बुझ्नका लागि यो भेला भएको रावलले बताए ।

रावलले प्रणालीलाई पछ्याउनु पर्ने र कमिटीका निर्णय दुवै अध्यक्षले मान्नुपर्ने भेलाको निष्कर्ष भएको पनि बताए । रावलले अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने विषय स्थायी कमिटी बैठकमै उठेको र छलफलमा रहेकाले त्यसबारे ललितपुर भेलामा खासै कुरा नभएको बताए ।

उनले आफूहरु र आफ्नो भेला पार्टी फुटाउनका लागि नभइ एकजुट गर्नका लागि भएको पनि बताए । भेलामा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, रामबहादुर थापा लगायत रहेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी